ललितपुर update: मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी
एमाले दोस्रो स्थानमा
प्रकासित मिति : २०७४ जेष्ठ १०, बुधबार
प्रकासित समय : ०६:४६
ललितपुर । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकिाको नौ दिन पछि हिजो एक बजे मत गणना सकिएको छ । महानगरमा मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका चिरिबाबु महर्जनले २४ हजार ६६६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३०१ मत प्राप्त गरेका छन ।
उपमेयरमा साझा पार्टीकी उम्मेद्वार शोधा शाक्यलाई पराजित गर्दै कांग्रेसकै गीता सत्याल निर्वाचित भएकी छिन् । सत्यालले १९ हजार २३६ मत पाइन् भने शाक्यले १४ हजार ४३३ मत प्राप्त गरिन् ।