धौलागिरी हिमाल आरोहणमा एक नेपाली बेपत्ता

म्याग्दी । धौलागिरी हिमाल आरोहणमा इन्डियन एयर फोर्सका १४ जनाको टोलीसँग फर्किएका एक नेपाली गाइड बेपत्ता भएका छन् ।

सोलुखुम्बु जिल्लाको चौरीखर्क ३ बस्ने ३० बर्षीय आङनिमा शेर्पा आइतबार साँझ साढे सात बजेबाट सम्पर्कविहीन भएका हुन ।

सम्बन्धित ट्रेकिङ एजेन्सीमार्फत बेपत्ताको खोजी भइरहेको प्रहरीले बताएको छ । यो समाचार आजको नागरिकमा प्रकाशित छ ।