व्यवस्थापिका संसद बैठक बुधबार ११ बजे बस्ने

प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौंआज ५ बजे नयाँ वानेश्वर स्थित संसद भवनमा बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिपक्ष दल नेकपा एमालेको संसद बन्दका कारण आज पटक पटक बोलाइएको संसद बैठक बस्न नसकेको हो । दोस्रो चरणको निर्वाचन अगाडी राजीनामा दिन नपाउने भन्दै एमालेले विरोध गरेको हो ।

बुधबार एघार बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने र राजीनामा दिने तयारी भइरहेको छ ।