शिर्ष तीन दलबीचको बैठक संसद भवनमै बस्यो

एमालेलाई सहमतिमा ल्याउने प्रयास

काठमाडौं । आज दोस्रो पटक ३ बजे बस्ने भनीएको व्यवस्थापिका–संसद्को बैठक प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गर्ने बताए पछि सुरु हुन सकेको छैन ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्थानीय तहको संख्या थप गरेको भन्दै एमालेले संसद अवरोध गर्ने बताएपछि संसद बैठक बस्न नसकेको हो ।

उक्त विषयमा सहमति जुटाउन अहिले संसद् भवनमै प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगाएतका शिर्ष नेताहरुको बैठक बसिरहेको छ ।