व्यवस्थापिका संसद बैठक १ बजे बस्ने

प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौंआज एघार बजे बोलाइएको व्यवस्थापिका संसद बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनका लागि एक बजे बस्ने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन ।

सम्बोधनमा प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले गरेका उपलब्धि, स्थानीय चुनावको पहिलो चरणको सफलता, संविधान संशोधनको प्रयास र भावी अवस्थाबारे धारणा राख्ने भएका छन ।