बोकेदाह्रीको टुप्पीमा घिमिरे र तिमिल्सिनाको रोमान्स

म्युजिक भिडियो तयार हुदैँ

काठमाडौं । हाँस्य कलाकार श्रीकृष्ण लुईंटेलले ‘बोकेदाह्री’ को टुप्पीका विषयमा लेखेको गितको म्युजिक भिडियो निर्माण भएको छ । उक्त ‘एन्टीना’ बोलको गितको म्युजिक भिडियोमा कलाकार घनश्याम तिमिल्सिना ‘एण्टिना’ र अभिनेत्री सारिका घिमिरेले अभिनय गरेका छन् ।

आफ्नै निर्देशनमा भिडियो तयार गरेको बताउदै हरपल नेपालसँगको कुराकानीमा घनश्यामले धेरै राम्रो गरेको बताएका छन । उनले भिडियोमा आफुले समेत अभिनय गरेका छन । भिडियो राजधानीका विभिन्न स्थानहरुमा छायाँकन गरिएको छ ।

निर्देशक समेत रहेका कलाकार तिमिल्सिनाले सारिकासँग भिडियोमा रोमान्स गरेका छन । उनले त्यो भिडियो सबैलाई मन पर्ने दाबी गरेका छन ।

उक्त गीतको विषयमा रोचक कुरा सुनाउदै तिमिल्सिनाले भने–‘केही महिनाअघि इलाममा एक कार्यक्रममा पुगेका बेला मेरो भेट हाँस्य गायक बोकेदाह्रीसँग भएको थियो, त्यतिबेला उहाँले मेरो विषयमा गीत लेखेको कुरा गर्नुभयो, मैले उक्त गति सुनेपछि मन पर्यो र हामीले बजारमा ल्ययौं । गीत वास्तवमा उहाँले मेरैलागि लेख्नुभएको हो ।’

उक्त गीतमा सुदीप समर्पण रार्इले स्वर दिएका छन् । हाल उक्त गीतको म्युजिक भिडियो छायाङ्कन समाप्त भर्इसकेको छ,अहिले भिडियोको सम्पादन कार्य हुदैँछ, केहि दिनमा नै उक्त भिडियो दर्शकमाझ सार्वजनिक गरिने तयारी निर्माता पक्षले गरेको छ । उक्त भिडियोको छायाँकलको काम भने (क्यामेरापर्सन) महेन्द्र थापाले गरेका छन ।