एमाले तत्काल सरकार परिवर्तनको विपक्षमा
जेठ ३१ को चुनाव अनिश्चित
प्रकासित मिति : २०७४ जेष्ठ ९, मंगलवार
प्रकासित समय : ०७:३४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा उभिएको छ । तत्काल नेतृत्व परिवर्तन निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै एमाले विपक्षमा उभिएको हो ।
सरकार परिवर्तनको खेलले ३१ जेठका लागि तोकिएको दोस्रो तहको निर्वाचनको मिति अनिश्चित बन्न सक्ने एमालेको ठहर छ ।
‘निर्वाचन आचारसंहिता लागू भइरहेको अहिलेको अवस्थामा खरदार, सुब्बा तहका कर्मचारीको सरुवा र नियुक्ति त हुन नसक्ने हुन्छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने–‘यस्तो अवस्थामा सरकार परिवर्तनका कुराले तोकिएको दोस्रो चरणको निर्वाचन समयमै हुन्न कि भन्ने हामीलाई गम्भीर चिन्ता छ।’ यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।