म्यानचेष्टर विस्फोटमा १९ जनाको मृत्यु, ५० जना घाइते

बम निस्क्रिय पार्ने विज्ञहरुको टोली परिचालन

ब्रिटेन । ब्रिटेनको म्यानचेष्टर शहरमा एउटा पप साङगितिक कन्सर्ट भइरहेको स्थानमा संदिग्ध आतंकवादीहरुले बम बिस्फोटन गरेका छन । उक्त बिस्फोटनबाट १९ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको म्यानचेष्टरको प्रहरीले जनाएको छ।

म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्ने क्रममा संदिग्ध आतंकवादीहरुले बम बिस्फोटन गरेका हुन ।

साङ्गीतिक कार्यक्रम हेर्न आएकी आफ्नी श्रीमती र छोरीलाई लिन गएका एण्डी होलीले भने–‘म उनीहरुलाई कुरिरहेको थिएं र त्यसैबेलामा विस्फोटन भयो। म हुत्तिएर करिब ३० फिट परको अर्को ढोका नजिकै पुगें। त्यसपछि उठेर हेर्दा मैले भुईंमा शवहरु देखे, शुरुमा एरेना भित्र गएर मलाई आफ्नो परिवार खोज्न मन लाग्यो, जब मैले उनीहरुलाई भेटाउन सकिन तब म प्रहरीसँगै बाहिर निस्किएं । अन्ततः मैले उनीहरुलाई फेला पारे र उनीहरु सकुशल नै थिए।’

मध्ये म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा अहिले बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ। (अन्तराष्ट्रिय सञ्चार माध्मबाट)