अमेरिकी राष्ट्रपति इजरेल भ्रमणमा

इरानद्धारा आतंकवादीलाई सहयोग

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबियाको भ्रमण पछि इजरेलको भ्रमण गरेका छन । ट्रम्पको इजरेली र प्यालेस्टिनी नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

ट्रम्पले इरानसँगको परमाणु हतियारको जोखिम भएको भन्दै इजरेल भ्रमण शुरु गरेका हुन। इरानले आतंकवादी समूह र विद्रोहीलाई रकम, तालिम तथा उपकरणहरु उपलब्ध गराउने काम बन्द गर्नुपर्ने ट्रम्पले बताएका छन।

जेरुसलेममा इजरेली समकक्षी रुभेन रिभ्लिनसँगै उभिएका ट्रम्पले पत्रकारलाई भने–‘इरानसँग पारमाणविक अस्त्र कहिल्यै पनि हुनै दिनुहुँदैन।’

ट्रम्पले पूर्व राष्ट्रपति ओबामाको तुलनामा इजरेलका लागि बढी नै सहयोग गरेको पाइन्छ । विस्तार भन्दा पनि उपस्थितिले शान्ति खोज्ने प्रयासलाई प्रभावित तुल्याउन सक्ने भन्दै विवादास्पद इजरेली आवास योजनाप्रति उनले नरम नीति अवलम्बन गरेका छन्।  (अन्तराष्ट्रिय सञ्चार माध्मबाट)