कामपाः १३ वटा वडाको मत सार्वजनिक

एमाले अग्रस्थानमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आज थप पाँच वटा वडाको मतपरिमाण सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएका पाँच वटा वडामा नेकपा एमालेले चार र नेपाली कांँग्रेसले एक वडामा जित हासिल गरेको छ । वडा नंं ३ का वडाध्यक्षमा एमालेका दीपक केसीले तीन हजार ६२ मत प्राप्त गरेर विजय भएका छन ।मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारीगराएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी काँंग्रेसका विदुर कार्कीले एक हजार ५४२ मत प्राप्त गरेका छन । अन्य सदस्यमा पनि एमालेका नै विजय भएका छन । खुला सदस्यमा कृष्ण चालिसे र प्रेम थापा तथा महिला सदस्यमा सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजयी भएका छन ।

मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार ५ नं वडामा नेपाली काँग्रेसका रमेश डङ्गोल एक हजार ६८० मत ल्याई विजयी भएका छन। उनका निकटम प्रतिद्वन्द्वी एमालेका गणेश श्रेष्ठले एक हजार ६७५ मत प्राप्त गरेका छन।

अन्य सबै सदस्य काँग्रेसबाट विजयी भएका छन। खुला सदस्यमा उत्तमराज शर्मा र सुमन न्यौपाने तथा महिला सदस्यमा मीना सिंह र दलित महिला सदस्यमा कृष्णमाया नेपाली विजयी भएका छन ।

यस्तै २२ नं वडामा एमालेका चीनकाजी महर्जन एक हजार ६५७ मत ल्याई विजयी भएका छन। उनका निकटम प्रतिद्वन्द्वी शालिकराम तण्डुकारले एक हजार ६४९ मत ल्याएका छन। यस्तै महिला सदस्यमा कांँग्रेसकी रस्मिला मल्ल, दलित महिलामा एमालेकी गीता परियार र खुलातर्फ काँग्रेसका अनिल हाडा र यक्षमान तुलाधर विजयी भएका छन।

यस्तैवडा नं. २३ का एमालेका मचाराम महर्जन एक हजार ९९८ मत ल्याई विजयी भएका छन। उनका निकटम प्रतिद्वन्द्वी काँंग्रेसका लक्ष्मीनारायण मानन्धरले ८८० मत प्राप्त गरेका छन। खुला सदस्यतर्फ राप्रपाका गोपाल नापित र एमालेका ज्योति शाक्य तथा महिला सदस्यमा एमालेकी चन्द्रादेवी मानन्धर र दलित महिलामा कञ्चन नेपाली विजयी भएकी छन।

यस्तै वडा नं २४ का वडाध्यक्ष एमालेका बालकृष्ण श्रेष्ठ एक हजार ४५२ मत ल्याई विजयी भएका छन। उनका निटकतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदराज भण्डारीले ९१४ मत प्राप्त गरेका छन। अन्य चार खुला सदस्यमा एमालेकै विजयी भएका छन।

खुला सदस्यमा विनोद तुलाधर र सुमन स्थापित तथा महिला सदस्यमा लक्ष्मी महर्जन विजय भएका छन । सो वडामा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्म महानगरपालिकाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । रासस