जेठ १५ भित्रै पूर्ण आकारको बजेट आउँछः अर्थमन्त्री महरा (भिडियोसहित)

बजेटमा नयाँ कार्यक्रम समावेश नहुँने

काठमाडौं । उपप्रधा तथा अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ भित्रै पूर्ण आकारको बजेट ल्याउने अर्थमन्त्रालयले तयारी थालेको बताएका छन् । अब आउने बजेटमा नयाँ कार्यक्रमहरु भने समावेश नहुने उनले जनाएका छन ।

आज अर्थमन्त्रालयद्धारा आयोजित बजेटबारे सल्लाह,सुझाब संकलन कार्यक्रममा बोल्दै मन्त्री महराले त्यस्तो धारणा राखेका हुन ।

आज अर्थमन्त्रालयले उक्त कार्यक्रममा मन्त्रालयका काम कार्वाहीको जानकारी गराउनका लागि बजेट मोलाइल एप्सको समेत उद्घाट गरेका छन ।

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री महराले बजेट सत्तारुढ दलहरु र प्रतिपक्ष दलहरुबीच सहमतिका आधारमा बजेट ल्याउने आफ्नो प्रयास रहने बताउदै पूर्ण आकारको बजेट आषढ १५ गते भित्र आउने विश्वास ब्यक्त गरे ।

उनले नयाँ आर्थीक बर्षको बजेटमा आचारसंहिताका कारण नयाँ कार्यक्रम समावेश गर्न नसकिने जनाए । उनले बजेटको कार्यान्वयन, तीन तहको निर्वाचन, राष्ट्रिय महत्वका आयोजनाहरुको कार्यान्वयन लगाएतका विषयहरु समेट्ने बताए ।

उनले भूकम्पपछि भएको क्षति र राष्ट्रिय पुननिर्माणका कामहरुलाई प्रभावकारी ढंगले अघि बढाउन पनि बजेटमा ब्यावस्था गरिने प्रष्ट पारेका छन । उनले यस बर्षको पूजिगत खर्च बढेको भन्दै मुलुकलाई आर्थिक समृद्धीको दिशामा बढाउन अब आउने बजेटले विषेश महत्व राख्नेमा जोड दिए ।

उक्त कार्यक्रममा अर्थ विज्ञ, पत्रकार, मन्त्रालयका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मिहरुले अब आउने बजेटमा छुटाउन नहुने विषयहरुको बारेमा सुझाब दिएका थिए । उक्त कार्यक्रमको पूर्ण विवरण यो भिडियोमा तपाईहरु हेर्न सक्नुहुनेछ ।

LOADING...