सचिव छाडेर उपप्रमुख बनेकी ताराकुमारीको माडीको मुहार फेर्ने धोको

चितवन । उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो। पहिले सचिवको कुर्सीमा थिईन अहिले उपप्रमुखको कुर्सीमा पुगेकी छन ।

माडी नगरपालिकाको उपप्रमुखको कुर्सीमा बसेपछि पहिलो दिन हिजो वडाध्यक्षसँग छलफल गरेका छन। “परिचयात्मक कार्यक्रम भोएको थियोृ, पहिले कर्मचारी थिएँ, अहिले जनप्रतिनिधि भएकी छु, खुसी हुँदै ताराकुमारीले भनिन्, अब बोझ बढेको छ।”

उनको चिन्ता अब कसरी माडीको विकास गर्ने भन्ने छ । माडीमा जङ्गली जन्तुको आतङ्क छ । खहरे खोला नालाले माडीमा वर्षात्का बेला आतङ्क नै मच्चाउँछ । निकुञ्जले घेरिएको उपत्यका भएकाले स्रोतसाधन, उद्योगधन्दा छैन ।

त्यसैले पनि माडीको विकास गर्न चुनौती छ । “अब माडीको मुहार कसरी फेर्ने, मेरो चिन्ता नै त्यही हो” ताराकुमारीले बताएकी छन् ।

गएको वैशाख १७ गते माडीको वडा सचिवबाट राजीनामा दिँदै गर्दा ताराकुमारी काजी महतोलाई खासै चिन्ता भएन । पार्टीबाटै तपाईं आउनुप¥यो भनेपछि उनले राजीनामा दिएर उपप्रमुखको आकाँक्षा राखेका थिए।

उपप्रमुख भए पनि र नभए पनि जागिर गुमेकोमा कुनै चिन्ता लागेन ताराकुमारी लाई । “कति गर्नु एउटै काम, जे त होला भनेर त्यागेँ” ताराकुमारीले भनेकी छन् । एमाले पार्टीले तीन नारायण पौडेल, चन्द्र बानियाँ र ताराकुमारीको नाम सिफारिस भयो। पछि उनी छानिएकी हुन, प्रमुखमा माओवादी केन्द्रको उम्मेदवार भए पनि उपप्रमुखमा अन्तत जित उनकै भयो ।

उनले माओवादी केन्द्रकी सरिता चौधरीलाई हराएका थिए। माडीलाई इको नगर बनाउने, सुकुम्वासी समस्या समाधान गर्ने, खोलानाला व्यवस्थापन, जङ्गली जनावर आक्रमणको न्यूनीकरण तथा कृषि उत्पादनको वृद्धिमा लाग्ने उनले अठोट गरेकी छन् ।

माडीका स्थानीय गोविन्द न्यौपाने उनले अन्य उम्मेदवारलाई पछि पारेर जित्नुमा उनको सामाजिक व्यक्तित्व र गाविसमा छँदा कमाएको छवी नै भएको दाबी गरेका छन ।

त्यसैले पनि प्रमुखमा माओवादी केन्द्र जित्दै गर्दा एमालेबाट उनी उपप्रमुखमा निर्वाचित भएको हुन्। दलित महिला सदस्यमा विजयी भएकी माडीकी इन्दिरा विक उनले अरुपार्टीको पनि मत जित्न सफल भएको बताईन ।

त्रिचालिस वर्षीया ताराकुमारी काजी महतोको घर माडी–३ वसन्तपुर हो । प्लस टु पास गर्नुभएकी उनकी दुई छोरी छन् ।श्रीमान् जयराम महतो शिक्षक थिए।

एसएलसीपछि २० वर्षमा बिहे भएको थियो उनको । छोरी जन्मेपछि कष्टले प्लस टु गरेकोे अनुभव सुनाईन्। २०६१ सालमा पहिलो पटक उनले जागिर सुरु गरेकी थिईन् ।

युनिसेफमा बालबालिकासम्बन्धी परियोजनामा जागिर पाएकी थिईन । त्यसपछि उनले २०६३ सालमा साविक बघौडा गाविसको कार्यालय सहायकको जागि पाएकी थिईन । त्यसपछि माडी नगरपालिका बन्यो ।

उनी वडा नम्बर ३, ४, ५ को वडा सचिव बनिन् । त्यही वडा सचिव हुँदै गर्दा स्थानीय निकायको निर्वाचन आएपछि राजीनामा दिएर राजनीतिमा होमिएकी उनले अब विकासमा लाग्ने अठोट गर्नुभएको छ । उनले बताए अनुसार “अब मैले गरेर देखाउने दिन आएको छ ।” रासस