दोस्रो चरणको निर्वाचनको लागि दलहरु रणनीति तय गर्दै

काठमाडौं । दोस्रो चरणमा जेठ ३१ गते हुने स्थानीय तहको चुनावको लागि उम्मेदवार छनोट र राजनीति रणनीति दलहरुले तय गरीरहेका छन ।

दोस्रो चरणमा हुने ४६१ स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले १२ जेठसम्म सर्बसहमत रुपमा उम्मेदवार चयन गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

एमालेले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया अघि बढाएको छ । एमालेले दुईवटा प्रदेशको उम्मेदवार टुंग्याइसकेको छ ।

दोस्रो चरण निर्वाचनबारे रणनीति बनाउन प्रमुख सत्तारुढ माओवादी केन्द्रको कार्यालयको बैठक सोमबार बस्दैछ । प्रवक्ता पम्फा भुसालले आगामी निर्वाचन कसरी फलदायी बनाउने भन्नेमा पार्टीको ध्यान केन्द्रित भएको बताइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।