प्रदेश ६ मा माओदवादी केन्द्र पहिलो

काठमाडौंवैशाख ३१ गते ३४ जिल्लामा भएको निर्वाचन मध्ये १० जिल्लामा सत्तारुढ माओवादी केन्द्रको परिणाम शुन्य भएको छ । प्रदेश नं. ६ मा भने माओवादी केन्द्रको राम्रो परिणाम आइरहेको छ ।

माओवादीले प्रदेश नम्बर ६ का दैलेख र मुगु ४ नम्बरका कास्की, पर्वत स्याङ्जा मनाङ, मुस्ताङर ३ नम्बरका काठमाडौं, भक्तपुर, दोलखा जिल्लामा माओवादी केन्द्रले नगरपालिका गाउँपालिका प्रमुखमा समेत खाता खोलेको छैन ।

त्यस्तै मतगणना जारी रहको चार महानगरपालिकामा माओवादी केन्द्रले वडाध्याक्षमा समेत खाता खोल्न सकेको छैन ।

माओवादी केन्द्रले भक्तपुर र काठमाडौंका गरी १४ स्थानीय तहमध्ये चन्द्रागिरि २ मा वडाध्यक्षमात्रै जितेको छ। यो समाचार आजको नागरिकमा प्रकाशित छ ।