स्याङ्जामा जीप दुर्घटनाः एकको मृत्यु

घाइतेको उपचार हुँदै

स्याङ्जा । स्याङ्जाको उपल्लो पेखुवाट वालिङ्तर्फ आउदै गरेको जीप अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

ग्रामीण कच्ची सडकमा गुड्दै गरेको ग १ ज ५४१६ नम्बरको जीप अनियन्त्रित हुँदा चालककी पत्नी सानु खाँणको मृत्यु भएको हो ।

उक्त दुर्घटनाबाट चालक लक्ष्मण खाँण (कृष्ण), निसा खवास, सुशीला थापा, सरस्वती एसके, कुलबहादुर कुँवर, चापाकोट ४ बस्ने जमिता सिंह ठकुरी र पूजा सिंह घाइते भएका छन ।

निसा खवास र पूजा सिंहको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइराखेको छ भने अन्यको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै छ।