झापाको कमल गाउँपालिकाका सन्थाल जुटे जातिय संरक्षणमा

‘उत्पीडित समुदायलाई अधिकार दिलाउन आफुहरु जुटेको माओवादीको दाबी’

दमक । झापाको कमल गाँउपालिकामा त्यहाँका लोपउन्मुख सन्थाल जातिको आज भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

भेलामा नेकपा माओवादी केन्द्रका संसद मोहन टुडुले आदिवासीको पहिचान र अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी भएको बताएका छन । टुडुले भने–‘माओवादीले इतिहासको चिहान खोतलेर उत्पिडित आदिवासीको पहिचान र अधिकारलाई सतहमा ल्याएको छ ।’

कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष समेत रहेका कमल गाँउपालिकाका चुनावी कमाण्डर रञ्जित तामाङले माओवादी उत्पिडितहरुको एकमात्र पार्टी भएको दाबी गरे।

कमल गाउँपालिकाको माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार विमल संग्रौलाले लोपोन्मुख सन्थाल जातिको संरक्षण र विकास आफ्नो पहिलो प्राथमिकता हुने बताए । कार्यक्रममा आदिवासी सन्थाल जातिले विविध सांस्कृतिक नाच तथा झांकीहरु समेत प्रदर्शन गरिएका थिए।