उत्तर कोरियाले गर्यो अर्को क्षेप्यास्त्र प्रक्षेपण

दक्षिण कोरियाका राष्ट्रपतिले बोलाए आपतकालीन बैठक

उत्तर कोरिया। आइतबार दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका छन् ।

उत्तर कोरियाले फेरी आज अपरान्ह क्षेप्यास्त्र परीक्षण गरेपछि जेइनले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका हुन ।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफको कार्यालयका अनुसार उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

यसअघि उत्तर कोरियाले प्रक्षेपण गरेको क्षेप्यास्त्रले ७०० किलोमिटरसम्मको दूरी तय गरेको थियो भने आज प्रक्षेपण गरेको क्षेप्यास्त्रले ५०० किलोमिटर टाढासम्मको दुरी तय गरेको छ । तुलनामा यो कम दूरीमा मार हान्ने क्षमताको भएको ह्वाइट हाउसले जनाएको छ।

उत्तर कोरियाले ठूलो युद्धशीर्ष बोक्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको बताएको एक हप्तापछि अर्को परीक्षणको गरेको हो ।

यसअघि आइतबार नै उत्तर कोरियाको सरकार नियन्त्रित सञ्चारमाध्यमले अमेरिकासम्म मार हान्न सक्ने अस्त्रहरुको थप परीक्षण जारी राखिने बताएको थियो ।