कोहलपुरमा बालिका बलात्कार गरी ३५ बर्षिय पुरुष फरार

प्रहरीद्धारा जवर्जस्तीकरणीको मुद्दा दर्ताः खोजि कार्य तिब्र

कोहलपुर । बाँकेको कोहलपुरस्थित किरणनालाकी एक बालिकालाई स्थानीय बाबु शाही नामका ब्यक्तिले बलात्कार गरी अहिलेसम्म फरार रहेका छन ।

३५ बर्षिय शाहीले ति बालिकालाई गत जेष्ठ ४ गते ललाईफकाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । बलात्कारपछि फरार रहेका आरोपित शाहीको प्रहरीले खोजि गरिरहेको बताएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले हरपल नेपालसँग भने–‘ ति बालिका घरमा एक्लै रहेको अवस्थामा शाहीले जर्वजस्तीकरणी गरेको खुल्न आएको छ । आरोपित शाही भने फरार रहेका छन । हामीले खोजि कार्य तिब्र पारेका छौं ।’

बलात्कार भएको थाहा पाएपछि बालिकाका आफन्तले प्रहरीमा उजूरी दिएका थिए । आरोपितलाई अहिले जवर्जस्तीकरणको मुद्दा लगाइएको छ ।

अस्पताल श्रोतका अनुसार बालिकाको अवस्था भने अहिले सामान्य रहेको छ । उनी अहिले परिवारजन सँग रहेकी छन ।