हेर्नुहोस्, चार महानगरपालिकाको मत परिणाम यस्तो आयोः भरतपुरमा रेणु र देवीबीच कडा प्रतिस्पर्धा

दुईमा एमाले, एकमा कांग्रेस अगाडि

काठमाडौं । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको गणना एक सातादेखि जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेका मेयर पदका उम्मेदवारहरुको बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।

त्यसगरी पोखरा महानगरपालिका र काठमाडौमा एमाले अगाडि रहेको छ भने ललितपुर महानगरपालिकामा कांग्रेस अगाडि बढेको छ । काठमाडौंसहित चार महानगरपालिको मध्ये पोखरा–लेखनाथ महानगरपालिकाको मत गणना गर्दा शनिवार दिउँस फर्जि मातपत्र भेटिएको भन्दै दलहरुले विरोध गरेपछि स्थगित भएको थियो । त्यहाँको मत गणना अझै सुचारु हुन सकेको छैन ।

अन्य तीन महानगरपालिकाको मतगणना जारी छ । चार महानगरको पछिल्लो मत परिणाम तल प्रस्तुत गरिएको छ–

काठमाडौं महानगरपालिका- मेयर
नेकपा एमाले विद्यासुन्दर शाक्य -२०५०२                –नेपाली काँग्रेस राजुराज जोशी -१४११७
विवेकशील पार्टी रञ्जु दर्शना -८१२२                       –साझा पार्टी किशोर थापा -६००९
माओवादी केन्द्र सर्वोत्तम डंगोल -२२९४

उपमेयर
नेकपा एमाले -११२२२                                            – नेपाली काँग्रेस -१७६६४
साझा पार्टी -३६७५                                                – माओवादी केन्द्र -२९९९

ललितपुर महानगर मेयर
काँग्रेस चिरीबाबु महर्जन -१७१७१                          – एमाले हरीकृष्ण ब्यञ्जनकार -१५४७४
साझा पार्टी रमेश महर्जन -७०८९                          – माओवादी केन्द्र दिनेश महर्जन -३१३५

भरतपुर महानगरपालिका
एमाले देवी ज्ञवाली -१६६६७                                  – माओवादी केन्द्र रेणु दाहाल -१६१८२
राप्रपा बद्री तिमिल्सिना -१०५४

पोखरा महानगरपालिका
एमाले मानबहादुर जिसी -२१३२७                          – काँग्रेस रामजी कुँवर -१९३६४
नयाँ शक्ति हुमबहादुर तमु -१२८३                         – राप्रपा गीता गुरुङ -७५१