कमल थापाकै गृहजिल्लामा राप्रपा शुन्य

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा स्थानीय तह पहिलो चरणको निर्वाचनमा नतिजा हालम्म शुन्य रहेको छ ।

आफुहरुलाई हिन्दु धारको नेतृत्वकर्ताका रुपमा ब्यख्या गर्दै आएको राप्रपाले थापाकै गृहजिल्लामा एक स्थानमा पनि अग्रता कायम गर्न नसकेपछि मकवानुपुरमा राप्रपाको राजनीतिक भविष्य के हुने भन्ने विश्लेषण गर्न थालिएको छ ।

दोस्रो संविधानसभा हटौडा महानगर क्षेत्रमा दोस्रो स्थानमा रहन सफल राप्रपा स्थानीय तहको हालसम्मको परिणाममा भने निकै खुम्चिएको छ ।

कमल थापाले २०५१ सालमा संसदीय निर्वाचन जितेको राप्रपाको बलियो उपस्थिती रहेको क्षेत्र नम्बर १ को तीन गाउँपालिकामा राप्रपा चौथो भएको छ । चौथो पनि निकै कम नतिजाका साथमा ।यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।