माननीय नै अटेर गर्छन् संसद्को नियम

काठमाडौं वैशाख १६ गते राति दश बजे संसद््मा कोरमको जनाउ घन्टी बज्यो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधान संशोधन विधेयक संशोधन दर्ता अनुमोदन प्रस्ताव पारित गर्नुअघि कोरमको प्रश्न उठाएका थिए ।

प्रश्न उठेपछि सभामुखले जनाउ घन्टी बजाउन निर्देशन दिइन। अचम्म त संसद्को कारबाही पारित गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने सरकारका एक विभागीय मन्त्रीमात्र संसद्मा उपस्थित भएका थिए ।

४० जनाको हाराहारीमा मन्त्री रहेको मन्त्रिपरिषद्का सदस्यसमेत उपस्थित नहुँदा १४९ सदस्य सत्तारुढ दलले जुटाउन सकेन, सभामुखले मध्यरातमा दोस्रो बैठक बोलाउनुपर्यो ।

संसद्को बैठकका हाजिर गरेर अनुपस्थित मात्र होइन, बिना सूचना दस बैठकभन्दा बढी अनुपस्थित हुने सांसदको सङ्ख्या पनि लामो पाइएको छ ।

जेठ ४ गते संसद्को चालु अधिवेशन अन्त्यका क्रममा सभामुख ओनसरी घर्तीले बिना सूचना लगातार दशभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नाम पढेर सुनाएकी थिइन ।

गयलको नामावलीमा संसदीय गतिविधिमा निष्क्रिय रहेका सांसदमात्र होइन निकै सक्रिय मन्त्री, राजनीतिक दलका शीर्ष नेतासमेत रहेका छन । यो समाचार आजको गोरखा पत्रमा प्रकाशित छ ।