मधेसी शक्ति नजिकिए

काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा समेट्न प्रमुख प्रतिपक्षी एमालेलगायत सात दलहरूसँग साझा मत बनाउने प्रयास गरेका छन ।

उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीको उक्त प्रस्तावका पक्षमा सबैलाई ल्याउन पानीबाराबारको सम्बन्ध रहेका अन्य मधेसी शक्तिहरूसँग पनि परामर्श थालेका छन् ।

गच्छदारले शनिबार राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनका विषयमा एकै ठाउँमा उभिन आग्रह गरे ।

प्रधानमन्त्रीले शुक्रबार कांग्रेस, राजपा, राप्रपासहित एमालेसँग यस्तै आग्रह गर्दा एमालेले कुनै पनि हालतमा दोस्रो चरण निर्वाचनपूर्व संविधान संशोधनको प्रस्तावमा आफूले समर्थन नगर्ने अडान लिएको थियो । तर, ओलीसँगको संवादको विवरणले भने गच्छदारले दिन चाहेनन् ।

रक्षामन्त्री बालकृष्ण खाँण र कानून तथा न्यायमन्त्री अजय शंकर नायक सदस्य छन् । गच्छदारले स्थानीय तहको पहिलो निर्वाचन र त्यसको परिणमलाई समेत हेरेर मधेसवादी शक्तिहरुबीच कुनै प्रकारको एकता गराउने प्रयाससमेत गरिरहेका छन। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।