धाँधली भएको भन्दै छानबिन गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहिलो चरणको स्थानीय चुनावमा धाँधली भएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गरेको छ।

शनिबार बसेको पार्टी स्थायी समिति बैठकले सरकार र सरकारमा रहेका दलहरुले त्यस्तो धाँधली गरेको निष्कर्ष निकालेको नेताहरुले बताएका छन्।

सरकारका प्रवक्ताले एमालेको त्यस्तो मागलाई प्रतिपक्षले धर्म पालना गरेको रुपमा आफूहरुले लिएको बताएका छन्।
पहिलो चरणको स्थानीय निर्वाचनको पूर्ण नतिजा आइसकेको छैन।

कतिपय स्थानीय तहको मतगणना जारी रहेको छ भने केही मतदान केन्द्रहरुमा पुनः मतदान गर्न बाँकी नै छ। हालसम्मको परिणाम अनुसार एमाले पहिलो स्थानका देखिएको छ।

निर्वाचनको परिणामका समीक्षा गर्न शनिबार बसेको सो पार्टीको स्थायी समितिको बैठकले भने सरकार र सरकारमा रहेका दलहरुमाथि निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ। यो समाचार आजको बिबिसी नेपालीमा प्रकाशित छ ।