राष्ट्रपति ट्रम्प साउदी अरेबियाको भ्रमणमा

भाेली मुस्लिम देशका नेताहरुको सम्मेलन हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आज साउदी अरेबियाको भ्रमणमा गएका छन्।

ट्रम्पलाई साउदीका राजा अब्दुल्लाहले रियादस्थित विमानस्थलमा आज स्वागत गरेका हुन।

आइतबार रियादमा ४० भन्दा बढी मुस्लिम देशका नेताहरुको सहभागिता रहने एउटा सम्मेलनलाई ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम छ।

ट्रम्पले साउदी भ्रमणका क्रममा अर्बौं डलर बराबरको व्यापार सम्झौताहरु पनि टुंगो लगाउने अपेक्षा गरेका छन्।

ट्रम्पको चुनावी अभियान र रुसबीच भनिएको सम्बन्धबारे भइरहेको अनुसन्धानले उनको साउदी अरेबियाको भ्रमण छायाँमा परेको छ। (अन्तराष्ट्रिय सञ्चार माध्मबाट)