अखिल क्रान्तिकारीका अध्यक्षदेखि सदस्यसम्म स्थानीय चुनाबका उम्मेदवारः महिला नेता ‘दन्ता र कविता’ बने उपमेयर

माओवादीका अधिकांश युवा नेताहरु विजयी

काठमाडौं । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीबाट स्थानीय निकायको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका मध्य अधिकांश निर्वाचित भएको अखिल क्रान्तिकारीले जनाएको छ ।

अखिल क्रान्तिकारीको केन्दीय सचिवालय सदस्य समेत रहेकी कबिता ढुङ्गाना वेलकोटगढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन । आफ्ना प्रतिद्धन्द्धीहरुलाई पछि पार्दै उनले जित प्राप्त गरेकी कविता शहीद परिवारकी सदस्य समेत हुन ।

त्यसैगरी अखिल क्रान्तिकारीको केन््रीय सदस्य दन्ता नेपाली दर्शनाले यसअघि नै कालिकोटको तिलागुफा नगरपालिकाको उपमेयरमा विजय प्राीत गरिसकेकी छन । अखिल क्रान्तिकारीका नेता डिबि साउदले माओवादीले अखिल क्रान्तिकारीका नेताहरुलाई उम्मेदवार बनाएको अधिकाशं स्थानमा विजय प्राप्त गरेको बतए ।

नेता साउदले हरपल नेपालसँग कुराकानी गर्दै भने–‘शहरका केही स्थानमा माओवादी पछि परेको भएपनि ग्रामीण तहका स्थानीय निकायमा राम्रो परिणाम सहित विजय प्राप्त गरेको छ । हाम्रो संगठनको नेताहरुले अधिकांश स्थानहरुबाट जित प्राप्त गर्नुभएको छ । हामी असाध्यै खुशी भएका छौ ।’

स्थानीय निकायको निर्वाचनमा अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष नरेन्द्र न्यौपानेदेखि जिल्ला कमिटिका नेताहरुसम्म विभिन्न पदमा उम्मेदवार बनेका छन । अध्यक्ष न्यौपाने बाँकेको कोहोलपुर नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्दैछन । दोश्रो चरणमा हुने निर्वाचबाट आफ्नो प्यानको जित हुने न्यौपानेले विश्वास ब्यक्त गरेका छन ।