दर्शना बनिन् सबैभन्दा कान्छी उपमेयर

स्थानीय विकासमा लाग्ने उद्घोष

कालीकोट । माओवादी केन्द्रबाट कालिकोटको तिलागुफा नगरपालिकाको उपमेयरकी उम्मेदवार दन्ता नेपाली ‘दर्शना’ अहिलेसम्म आएको विजेता सूचीमा सबै भन्दा कम उमेरको उपमेयर बनेकी छन ।

दर्शना अखिल क्रान्तिकारीको नेता समेत हुन । उनी काठमाडौंको पिके क्याम्पसमा स्नातक तेश्रो बर्षकी नियमित बिद्यार्थी समेत हुन ।

कालिकोटको दुर्गम गाउँको एक सामान्य परिवारमा जन्मिएकी दर्शना, अहिले २६ बर्षमा लाग्दै गर्दा उपमेयरको जिम्मेवारीमा पुगेकी छन । उनी कांग्रेस, एमालेका निकटतम प्रतिद्धन्द्धीहरुलाई पछि पार्दै निवा्र्रचित भएकी हुन ।

तिलागुफा नगरपालिको मेयर र उपमेयर दुबै पदमा माओवादीको विजय भएको छ । जितपछि हरपल नेपाल डटकमसँग कुराकानी गर्दै उनले आफ्नो क्षमता,शिप र आर्जन गरेको शिक्षा, दिक्षा सबै कालिकोटको विकासमा लगाउने बताएकी छन ।

कालिकोटका स्थानीयवासीहरुले शिक्षीत र युवा नेतृत्व पाएपछि अत्यन्तै खुशी भएका छन । स्थानीयवासीहरुले माओवादीले अब त्यहाँको विकास, निर्माण र सामाजिक न्यायको पक्षमा काम गर्ने आशा राखेको बताउदै उनले त्यसमा आफु प्रतिबद्ध रहने बताएकी छन ।