हेर्नुहोस,यस्तो आयो चार महानगरपालिकाको पछिल्लो मत परिणाम

एमालेको हाईहाइ, खुशियाली बाँड्दै

काठमाडौं । निर्वाचन सम्पन्न भएको हप्तादिन पार गर्न लाग्दासम्म पनि काठमार्डौ महानगरपालिका मात्र होइन, देशका अन्य स्थानीय तहहरु, नगरपालिकाहरुको मत गणनाको कार्य सकिएको छैन । मतदाताहरुलाई कहाँ कस्ले जित्छ भन्ने कुराले भन्दा पनि कहिले विकास हुन्छ भन्ने कुराले हतारो भै राखेको देखीन्छ भने दलका नेताहरु जितसँगै विजय उत्सवको तयारीमा जुटिराखेका देखिन्छन ।

यतिबेला काठमाडौं महानगरपालिकाको मत गणना स्थाल वरपरपनि यस्तै देखिएको छ । चिया पसल बाहिर होस, वा पुस्तक पसर अगाडि अनि क्याम्पसका गेट नजिक । जताकतै मत गणनाकै विषयको चर्चा चलेको देखिन्छ ।

काठमाडौं मात्र होइन देशका चारैवटा महानगरपालिकाको अहिलेसम्मको मत परणामलाई हेर्दा काठमाडौं, ललितपुर, पोखरा लेखनाथ र चितवन भरतपुर चारैवटामा मेयर पदमा एमालेको अग्रता रहेको देखिन्छ । त्यसैगरी पोखरा महानगरपालिका बाहेक अन्य तीन वटै महानगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसको अग्रता रहेको देखिन्छ, पोखरामा एमालेको अग्रता कायमै रहेको छ ।

हरपल नेपालकर्मि आज बिहान काठमाडौं महानगरपालिको मत गणना स्थलमा पुग्दा पछिल्लो मतपरिणामका कारण एमालेका केही नेता,कार्यकर्ताहरुले आफ्नो पार्टीका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरे । उनीहरुले एमाले हाईहाइ भन्दै खुशियाली समेत बाडें ।

कतिबेला मत परिणाम सकिएला र अबिर र मालाले विजेता उम्मेदवारहरुलाई रंगाउँला भनेर मत गणना स्थलको बाटो कुरेर बसेका एमालेका नेता, कार्यकर्ताहरुलाई उम्मेदवार स्वयमलाई भन्दा बढि चासो र हतारो भएको देखिन्छ, मत परिणामको विषयमा ।

निर्वाचन आयोगले अहिलेसम्म गणना गरेको मतपत्रका आधारमा पनि त्यहाँ एमालेका उम्म्ेदवार विद्यासुन्दर शाक्यले अग्रता लगेको देखिन्छ । उनी अहिलेसम्मको मत परिणामलाई हेर्दा पाँच हजार एक सय साठी मत अन्तर सहित कांग्रेसका निकटतम प्रतिद्धन्द्धी भन्दा अगाडि रहेका छन ।

शाक्यले १६३६९ मत प्राप्त गरेका छन । काठमाडौंमा केही नयाँ पार्टीका उम्मेदवारले समेत राम्रो मत प्राप्त गरेको देखिएको छ । हेर्नुहोस पछिल्लो मत परिणाम यस्तो छ –

काठमाडौं मेयर
एमाले बिद्यासुन्दर शाक्य– १६३६९                                  -कांग्रेस राजुराज जोशी– ११२०९
माओवादी सर्वोत्तम डंगोल १८५७                                    – विवेकशील नेपाली रञ्जु दर्शना ६६८९
साझा पार्टी किशोर थापा– ४८७८

उपमेयर उम्मेदवार
नेपाली कांग्रेस      ११४०६                                                 -राप्रपा    ६६८०

ललितपुर महानगरपालिका मेयर उम्मेदवार                              

 -नेकपा एमाले   १५०४१                                                  -नेपाली कांग्रेस    १३२१६

उपमेयर उम्मेदवार
नेपाली कांग्रेस    १००४०                                                   -शोभा शाक्य    ७४१९

भरतपुर महानगरपालिका मेयर उम्मेदवार
नेकपा एमाले १५१५५                                                      -माओवादी केन्द्र १४८०९

उपमेयर उम्मेदवार
नेपाली कांग्रेस १६८४९                                                     -नेकपा एमाले १२४६३

पोखरालेखनाथ महानगरपालिका मेयर उम्मेदवार
नेकपा एमाले १७३७२                                                        -नेपाली कंग्रेस १६३६९

उपमेयर उम्मेदवार
नेकपा एमाले १६३७९                                                          -नेपाली कंग्रेस १५१५८