ललितपुरमा माओवादी केन्द्रले विरोध

२२१ मतको खाजी हुँदै

ललितपुर । महालक्ष्मी नगरपालिका ६ नम्बर वडाको २२१ मत हराएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको छ ।

सिद्धिपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय महालक्ष्मी नगरपालिकाले मतदान सम्पन्नपछिको मुचुल्कामा ३ हजार सात सय ५१ मत खसेको देखिएको थियो ।

जसमा १०२ मत बदर भएको थियो । ३ हजार ६ सय ४९ मत सदर भएकोमा सबै दलले प्राप्त गरेको परिणाम जोड्दा २२१ मत कम देखियो ।

माओवादीले यही २२१ मत हराएको भन्दै विरोध जनाएको हो । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।