आयोगका कर्मचारीले जबरजस्ती गरेपछि चितवनमा मतगणना रोकियो

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा निर्वाचन आयोगका कर्मचारीले जबरजस्ती गरेको आरोप लागेको छ।

एक पक्षको मात्र मतलाई प्राथमिकता दिएर अर्को पक्षको मतको वेवास्था गरेको भन्दै राजनीतिक दलका प्रतिनिधिले आपत्ति जनाएपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको हो।

मतगणनामा गढबढ भएको देखिएपछि शुक्रबार बिहान मात्र केही कर्मचारीलाई गणनास्थलबाट निकालिएको थियो। वडा नम्बर ९ को मतगणनामा गढबढ भएको भन्दै राजनीतिक दलका प्रतिनिधिले आपत्ति जनाएपछि गणना स्थगित भएको हो।

राजनीतिक दलका प्रतिनिधिले गढबढ भएको मतगणना पुनः गर्नुपर्ने माग गरेका छन्। आयोगका कर्मचारीले भने पुनः गणना गर्न नमानेपछि मतगणना रोकिएको हो। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।