निर्वाचन जसले जिते पनि यो हाम्रै जित होः प्रधानमन्त्री

दोस्रो चरणको स्थानीय निर्वाचन पनि उत्साहपूर्ण सम्पन्न हुने विश्वास

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचन गराउन सफल भएकोमा खुशी व्यक्त गर्दै दोस्रो चरणको स्थानीय निर्वाचन पनि उत्साहपूर्ण सम्पन्न हुने विश्वास गरेका छन ।

शुक्रबार नवलपरासीको शास्वतधाम पुगेका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टीसहित सबै राजनीतिक दलको सहभागिता हुने भएकाले दोस्रो चरणको निर्वाचन उत्सवमय हुने बताएका हुन्।

प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचन उत्सवको रुपमा सम्पन्न भएको बताए । दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको छ। वैशाख ३१ गतेको निर्वाचनको मत परिणाम आउने क्रम भने जारी नै  छ।

प्रचण्डले भने–‘स्थानीय निर्वाचनमा जसले जिते पनि यो हाम्रै जित हो, सिंहदरबारको अधिकार गाउँ–गाउँ गएको छ । यो माओवादीको जित हो  ।’