सल्यानको कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्र विजयी

शहिद परिवारी महिलाले पनि निर्वाचित

सल्यान । स्थानीय तहको निर्वाचनमा कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दिलमाया विएमले ३ हजार ६ सय ७३ मत प्राप्त गरी विजयी भएकी छन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भैरव शाह २ हजार १ सय २९ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशी विजयी भएका छन । उनी ३ हजार ८ सय १८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका शान्ति चन्दको २ हजार १ सय ४५ मत प्राप्त भएको छ ।

७ वडा रहेको कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्रले ५ वडामा जित सुनिश्चित गरेको छ भने एमाले काँग्रेसले एक एक वडा जित्न सफल भएका छन् ।

वडा न १ मा काँग्रेसका गोपाल बुढाथोकी अध्यक्षमात्र, वडान २ मा एमालेका शेर बहादुर बुढाथोकी , वडान ३ माओवादी केन्द्रका चित्र बहादुर बुढाथोकी, वडा न ४ मा माओवादीका तिलविर बुढाथोकी, वडान ५ मा हरिप्रकाश बुढाथोकी, वडा न ६ माओवादी केन्द्रका विरबल शर्मा र वडा न ७ मा माओवादी केन्द्रकै तुलाराम बोहरा निर्वाचित भएका छन ।

त्यस्तै ३ नगरपालिका र ७ गाउँपालिका रहेको सल्यानमा एक स्थानमा मात्र महिला उम्मेदवार विजयी भएका छन् । कुमाख गाउँपालिकामा मात्र महिला उम्म्मेदवारले जितेका हुन ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी दिलमाया विएमले जित हासिल गरिन । उनले ३ हजार ६ सय ७३ मत प्राप्त गरेकी छन । उनी शहिद परिवार समेत हुन ।