सत्ताँरुढ दलबीचको सहमति बिग्रीने संकेतः प्रधानमन्त्रीले तत्काल देउवालाई सत्ताँ नछाड्ने

कांग्रेसले उम्मेदवार जिताउने सहमतिमा बेइमान गरेको आरोप

काठमाडौं । स्थानीय निकायको निर्वाचनमा केही स्थानमा तालमेल गरेर अघि बढेका सताँरुढ दलहरुबीच निर्वाचनको मत परिणम आएसँगै खटपट सुरु भएको छ । दलहरुबीचको सम्बन्धमा देखिएको फाटोपनले यसअघि कांग्रेस र माओवादीबीच सत्ताँ हस्तान्तरणको सहमतिमा समेत बाधा पुग्ने संकेत देखिएको छ ।

माओवादी र कांग्रेसले पोखरा महानगरपालिका र चितवनको भरतपुर महानगरपालिका लगाएत केही स्थानमा उम्मेदवार तालमेलका आधारमा उठाएपनि मत परिणामलाई हेर्दा कांग्रेसले माओवादीलाई आनतरिक रुपमा सहयोग नगरेको निष्कर्ष माओवादी निकटका नेताहरुले यतिबेला निकालेका छन ।

पोखरामा कांग्रेसका उम्मेदवारलाई मेयरमा जिताउन माओवादीले सहयोग गरेको थियो भने चितवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई मेयर पदमा जिताउन कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता गरेको भएपनि उक्त प्रतिबद्धतामा बेइमानी भएको भन्दै माओवादीका अधिकाशं नेताहरुले असन्तुष्ट्रि पोख्ने गरेका छन ।

कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिने बताइए अब प्रधानमन्त्रीले त्यो सहमतिमा नयाँ ढंगले विचार गर्ने संकेत दिएका छन ।

प्रधानमन्त्री दाहालले जेठ १५ गते कामचलाउ बजेट घोषणा गरेर मात्र राजीनामा दिने तयारी गरेका थिए तर मत परिणामको आधारमा उनलाई नयाँ ढंगले सोच्नुपर्ने भन्दै पार्टी पंतिबाट केही दवाब समेत आएको कुरा श्रोतले हरपल नेपालसँग बताएको छ ।