भावी प्रधानसेनापतिमा थापा पक्का
दुई रथीको पदावधि थपीयो
प्रकासित मिति : २०७४ जेष्ठ ५, शुक्रबार
प्रकासित समय : ०७:११
काठमाडौं । सरकारले सेनाका दुई रथीको पदावधि थप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बलाधिकृत रथी बलदेवराज महत र बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको पदावधि थप्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै नेपाली सेनामा भावी प्रधानसेनापतिको दौड लगभग सकिएको विश्लेषण गरिएको छ । महतको अवधि सकिएपछि भावी प्रधानसेनापतिमा थापा हुने लगभग पक्का जस्तो भएको छ ।
बैठकले बलाधिकृत रथी महतको तीनमहिने पदावधि थप गर्ने निर्णय गरेको थियो । पदावधि थपसँगै रथी महत आगामी १४ कार्तिकसम्म सो पदमै बाहाल हुनेछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।