एक माओवादी छापामार जो उपमेयरसम्म बनिन

चुनौतिलाई अवसरमा बदल्ने उद्घोष

गोरखा । माओवादी सशस्त्र विद्रोहमा सहभागी गरोखा पालङ्टार नगरपालिका १ खोप्लाङ बेलवाकी २९ बर्षीय पम्फा बसेल उपमेयर बनेकी छन् ।

कांग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराँदै उनी विहीबार पालुङ्टार नगरपालिकाको उपमेयर पदमा जिजयी भएकी हुन् । जित्दा खुसी लागेको छ तर चुनौतीपुर्ण अवसका रुपमा लिएको छु, उनले भनिन् । उनले ४ हजार ४ सय ९४ मत पाएकी थिइन।

स्कुल पढ्दाापढ्दै १४ बर्षको उमेरमा भुमिगत भएकी बसेल्ले पार्टी शान्ति प्रक्रियामा आएपछि पढाईलाई पुनः निरन्तरता दिईन। खुला विद्यालयबाट एसएलसी पास गरेर उनले अहिले प्लस टु पास गरिसकेकी छन् । पढाईलाई अझै निरन्तरता दिने उनको धोको छ । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।