माडी नगरपालिका मेयरमा माओवादी केन्द्र विजयी

बाँदरमुढे घटनाले माओवादीलाई घाटा लाग्ने अनुमान फेल खायो

भरतपुर । चितवनको माडी नगरपालिका मेयरमा माओबादी केन्द्रका ठाकुरप्रसाद ढकाल बिजयी भएका छन् । उनले ३८७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका खेमप्रसाद महतोले ३८२९ मत ल्याए । ४४ मतको अन्तरले ढकाल विजयी भएको निर्वाचन अधिकृत ईन्द्रकुमारी थपलियाले जानकारी दिइन् । ।

उपमेयरमा एमालेका ताराकुमारी काजीमहतो विजयी भएकी छन् । उनले ४६९० मत ल्याइन् । उपमेयरमा माओवादी केन्द्रकी सरिता महतोले ३८०४ मत मत ल्याएइन् ।

मतगणनाको सुरुदेखि अग्रस्थानमा रहेको एमालेका मेयर उम्मेदवार नारदमणि पौडेल अन्तिम नजितासम्म आइपुग्दा तेश्रो स्थानमा झरेका थिए । पौडेलको जित निश्चित भएको अनुमान गरिएको थियो । ९ वटा वडा रहेको माडीमा एमालेले ३, ६, ७, ८ र ९ नम्बर वटा वडा जितेको छ । माओबादी केन्द्रले २ र ४ नम्बर वडामा जितेको छ । काग्रेसले १ नम्बर वडामा जितेको छ । यही वडाले एमाले पछि परेको हो ।

२०६२ साल जेठ २३ मा चितवन माडीस्थित बाँदरमुडेमा माओवादीले थापेको एम्बुसमा एक यात्रुबाहक बस परेपछि माडी उपत्यका एकाएक चर्चामा आएको थियो । स्थानीय तह निर्वाचनमा बाँदरमुढे घटनाले माओवादीलाई घाटा लाग्ने अन्य दलको अनुमान फेल खाएको छ । जितसँगै ढकालले जनताको जीत भएको प्रतिक्रिया दिए । २१६७२ मतदाता रहेको यो नगरपालिकामा १६३७१ मत खसेको थियो । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।