यस्तो छ, काठमाडौं महानगरमा मेयरका उम्मेदवारको मत परिणाम
एमाले ८०२ मत अन्तरसहित अग्र स्थानमा
प्रकासित मिति : २०७४ जेष्ठ ४, बिहीबार
प्रकासित समय : २२:०३
काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । अन्य दलहरुको तुलनामा एमालेबाट बिद्यासुन्दर शाक्य अग्र स्थानमा छन ।
अहिलेसम्मको मतपरिणामलाई हेर्दा काठमाडौं महानगरपालिकाको मेयर पदमा एमाले र काँग्रेसबीच प्रतिश्पर्धा हुने देखिन्छ । एमाले काँग्रेसका निकटतम प्रतिद्धन्द्धी राजुराज जोशी भन्दा आठ सय दुई मतले अगाडि रहेको छ ।
मेयर पदमा यस्तो छ अहिले सम्मको मत परिणाम–
एमाले बिद्यासुन्दर शाक्य – ६२३८ -कांग्रेस राजुराज जोशी – ५४३६
माओवादी सर्वोत्तम डंगोल– ६२७ -विवेकशील नेपाली रञ्जु दर्शना – २४९८
साझा पार्टी किशोर थापा – १८८८