पत्रकार पराजुली चौतारा साँगाचोकगढीको उपमेयरमा विजयी (विजय सूचिसहित)

मेयर र उपमेयर पदमा ठूलो मतान्तरले विजयी

सिन्धुपाल्चोक । लामो समयदेखि पत्रकारीता क्षेत्रमा कृयाशिल जानुका पराजुली सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयर पदमा निर्वाचित भएकी छन । पत्रकार पराजुली काठमाडौंबाट संञ्चालीत खबरडबली डटकमको सह सम्पादक हुन ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर र उपमेयर दुबै पदमा उम्मेदवार ठूलो मतान्तर सहित विजय भएका छन ।

माओवादी केन्द्रबाट मेयर पदमा अमानसिंह तामाङ र उपमेयरमा जानुका पराजुली विजयी भएका हुन । माओवादीका अमानसिंह तामाङले एमालेका सोम सापकोटालाई १९२३ मत अन्तरले पराजित गरे भने माओवादीकै जानुका पराजुलीले १४५५ मतले एमालेकै उपमेयर पदका उम्मेदवारलाई पराजित गरिन् ।

मेयर माओवादी ७७२९                 –उपमेयर माओवादी ७७२२
मेयर एमाले ५८०६                        –उपमेयर एमाले ६२६७
मेयर कांग्रेस ४१७४                       –उपमेयर कांग्रेस ३२१३