शहरी चुनावमा पछि परेको माओवादी ग्रामीण क्षेत्रमा जित बटुल्दैः सिंगो रुकुममा माओवादीको झण्डा फर्फरायो

समिक्षा–‘पहिलोे चरणको निर्वाचन परिणामले माओवादीलाई कस्तो संन्देश दिन्छ त ?’

रुकुम । मुलुकको राजधानी लगाएत अन्य प्रमुख शहर र त्यहाँका स्थानीय तहको निर्वाचनमा निकै ठूलो मतान्तरले पछि परेको माओवादीले ग्रामीण क्षेत्रका स्थानीय तहहरुमा भने जित बटुल्दै गएको देखिन्छ । चारवटै महानगरपालिका र अन्य शहरी महानगरपालिका र नगरपालिकाका जनताले माओवादीको नेतृत्वलाई नपत्याएको छर्लङ्गै देखिएपनि माओवादीलाई रुकुम, डोल्पा, मुगु, सिन्धुपाल्चोक लगाएतका ग्रामीण क्षत्रका जनताले भने माया गरेको यो मत परिणामले देखाएको छ ।

उज्यालो नेपालका मुख्य अभियानकर्ता, माओवादी केन्द्रका सक्रिय नेता तथा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको गृह जिल्लावासीले निरासमा भएका माओवादी नेता, कार्यकर्ताहरुको ओठमा पुर्न उत्साह र साहस भरिदिएका छन । माओवादीले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा रुकुमका सबै स्थानीय तहमा आफ्नो जित गरेको छ ।

रुकुमका ६ वटा स्थानीय तहहरु आठविसकोट, मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको छ ।

त्यसैगरी आठविसकोट नगरपालिकाको प्रमुखमा पनि माओवादी केन्द्रले जितेको छ । माओवादीका उम्मेदवार गोर्खबहादुर केसीले ५ हजार ६ सय २९ मत प्राप्त प्रँप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र बटालाले २ हजार ३४ मत अन्तरले पराजित भए ।

त्यसैगरी आठविसकोटको उपप्रमुख पदमा ५ हजार ६ सय १८ मत ल्याउदै माओवादी केन्द्रकी गीता नेपाली निर्वाचित भएकी छन् । नेपालीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अनिता बुढालाई २ हजार ४ सय ३१ मतअन्तरले हराएकी छन । त्यसैगरी आठविसकोट नगरपालिकाका कुल १४ वडा मध्य ११ वडामा माओवादी केन्द्र, २ वडामा कांग्रेस र एउटा वडामा एमाले विजयी भएको छ ।

रुकुमको मुसिकोट नगरपालिकाको प्रमुखमा देबीलाल गौतम र उपप्रमुखमा प्रेमकु्मारी सुनार विजयी भएका छन् । चौरजहारी नगरपालिकाको प्रमुखमा विशाल शर्मा र उपप्रमुखमा राधा रोका विजयी भएका छन् । त्यहाँ माओवादीको जित पहिलो स्थानमा देखिएको छ ।

त्यसैगरी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्ती र उपाध्यक्षमा निर्मला विष्ट विजयी भएका छन् । बाँफिकोट गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर केसी र उपाध्यक्षमा मनकला पुन तथा सानीभेरी गाउँपालिका अध्यक्षमा डोरबहादुर पुन र उपाध्यक्षमा इन्दिरा ओली निर्वाचित भएका छन् ।

देशका मुख्य शहर र राजधानीका स्थानीय निकायहरुमा त्यती राम्रो परिणाम माओवादीको नआएपनि ग्रामीण क्षेत्रका स्थानीय तहहरुमा भने अझै अगाडि आउने देखिएको छ ।

शहरमा कमजोर, ग्रामीण क्षेत्रमा राम्रो परिणामले माओवादीलाई कस्तो संन्देश दिन्छ त ?

मुलुकका अधिकाशं शहरी क्षेत्रका जनताले माओवादीलाई आफ्नो समर्थन दिन चाहेको देखिन्न । शहरी क्षेत्रका जनताले माओवादी नेतृतवप्रति गरेको यो ब्यवहारले चुनाव जित र हारको परिणामका साथै अन्य धेरै कुराहरुको सन्देश दिएको देखिन्छ ।

१) माअ‍ेवादीलाई गरीब, श्रमजिवि र मजदुरको पार्टीका रुपमा बुझिएको देखिन्छ , तर माअ‍ेवादीले  शहरी क्षेत्रका जनतासँग नजिकीन अत्याधिक प्रयत्न गरेपनि असफल भएको छ ।

२) माओवादीलाई जनयुद्धका घटनाको आधारमा शहरी क्षेत्रका र अन्य केही क्षेत्रका जनताहरुले निर्वाचनमा समर्थन नगरेर एक प्रकारको सजाय दिएको जस्तो देखिन्छ ।

३) माओवादीले काठमाडौंका सडक खुल्ला पार्नु, नेपाललाई अन्धकारबाट हटाउदै लोडसेडिङको अन्त्य गर्नु, आर्थीक बृद्धीदर बढाउनु र अन्य जनपक्षिय काम गरेको भएपनि माओवादी आन्दोलनका अन्य विभाजित घटकहरुको असहयोगले शहरी जनतामा संसदीय राजनीति गरिरहेको माओवादी केन्द्रका नेताहरुलाई सानो पार्टीको रुपमा चित्रण गर्दै विश्वास नगर्नु पनि हारको मुख्य कारण देखिन्छ ।

४) माओवादीले आफ्नो आधार क्षेत्र रुकुम, हुम्ला, जुम्ला अनि तराई गरीब बस्तीहरु र जनयुद्धले गहिरो नाता जोडेका स्थानहरुमा ध्यान दिन नसक्नु पनि यो निर्वाचनको परिणाम देखिन्छ । निर्वाचनको बेलामा मात्र काठामडौंबाट फर्किने नेताहरुप्रति स्थानीय जनताहरु समेत विश्वास गर्न सकेका देखिन्न । यसलाई माओवादी नेतृत्वले गहिरो रुपमा मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।

५) माओवादी केन्द्रका नेताहरुको जिवन शैलि र हाइफाईको परिणाम पनि यो निर्वाचनले प्रदर्शन गरेको देखिन्छ । नेताहरुले सरकार र सत्ताँ भन्दा माथि कोही नदेख्ने खालको समस्या अनि पार्टी विभाजनपछि कार्यकर्ताहरुको तहमा देखिने अहंमताको संस्कार पनि अति भद्दा देखिएको भन्दै सामाजिक संञ्जालमा धेरैले प्रतिकृया समेत दिएका छन ।

अत: माओवादीले यो चुनावको परिणामबाट प्राप्त संन्देशहरुको समिक्षा गर्दै आफुलाई सुधार्ने बाटोमा लिन सकेमा गाउँ, शहर सबैतिर आफ्नो प्रभाव बढाउन सकिने देखिन्छ ।