भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलासुस्तीः तीन बर्षमा २५ प्रतिशत काम

एक अर्ब ३१ करोड रुपियाँ भुक्तानी: समयमै निर्माण सम्पन्न नहुने संकेत

भैरहवा । निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रति असन्तोष ब्यक्त गर्दै निर्माण आयोजनाले यसअघि निर्माण कम्पनिसँग गरिएको ठेक्का सम्झौता बदर गर्ने अन्तिम चेतावनी दिएको छ ।

पछिल्लो समयमा विभिन्न बहाना बनाउँदै निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले काममा ढिलाई गरेको भन्दै आयोजनाले त्यस्तो चेतावनी दिएको हो ।

आयोजनाको पक्षबाट १५ दिन अगाडि कामलाई दु्रत गतिमा नबढाएमा सम्झौता खारेज गर्ने चेतावनीपत्र कम्पनिको नाममा पठाइएको भएपनि कम्पनिले भने ढिलो गरी निर्माणको कामले गति लिने जवाफ फर्काएको थियो ।

उक्त ठेकेदार चिनियाँ कम्पनी नर्थवेस्टले आफुले काम नगरी सब कन्ट्रयाक्टरका रूपमा नेपाली कम्पनीलाई काम गराइरहेका कारण निर्माणमा ढिलाई भएको आयोजनाको भनाइ रहेको छ ।

निर्माणको जिम्मा लिएको उक्त चिनीया कम्पनप्ले निर्माणमा लागेको करिब डेढ महिना बितिसक्दा पनि एक प्रतिशत काम पुरा नगरेको आयोजनाको आरोप रहेको छ । उक्त कम्पनीसँग निर्माणका लागि आवश्यक पर्ने हेबी इक्युपमेन्ट तथा कामदारसमेत नभएकाले राष्ट्रिय गौरवको निर्माणाधीन आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अन्योलमा देखिएको छ ।

निर्माण कार्यमा लापरवाही गरेपनि उक्त चिनीया कम्पनीले योजना निर्माणका लागि भन्दै यसअघि नै करिब एक अर्ब ३१ करोड रुपियाँ भुक्तानी लिइसकेको देखिन्छ । छ अर्ब २२ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएके उकत आयोजना २०१५ मा निर्माण सुरु गरी २०१८ मा सम्पन्न गरीसक्ने भन्ने सम्झौता गरिएको भएपनि त्यो समयमा पुरा हुने अवस्था भने देखिन्न ।