‘ट्रम्प–रुस’ सम्बन्ध छानबिनका लागि पूर्व एफबीआइ प्रमुख रोबर्ट मलरलाई नियुक्त

‘मलरको छानविनले आफूलाई सफाइ मिल्ने ट्रम्पको भविष्यवाणी’

अमेरिका । अमेरिकामा गत वर्ष सम्पन्न राष्ट्रपतिय चुनावमा रुसी हस्तक्षेप भएको भन्दै न्याय मन्त्रालयले संघीय जाँच ब्यूरो एफबीआइका पूर्व प्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्तामा छानविन गर्न नियुक्त गरेको जनाएको छ।

सो नियुक्तिलाई रिपब्लिकन तथा डेमोक्र्याट दुवै दलका नेताहरुले समर्थन गरेका छन्। गत साता राष्ट्रपति ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेसंगै त्यस्तो विशेष अभियोजनकर्ताको माग गरिएको थियो।

उपन्यायाधिवक्ता रड रोजेन्सटाइनले वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई उक्त जिम्मा दिनु सार्वजनिक हितमा रहेको बताएका छन्।

एफबीआइ तथा कंग्रेसले ट्रम्पको अभियान र रुसबीचको सम्भाव्य सांठगांठबारे अनुसन्धान गरिरहेका छन्। मलरको नियुक्ति भएको घोषणा गरिएको एक घण्टा नवित्दै राष्ट्रपति ट्रम्पले अब उक्त छानविनले आफूलाई सफाइ मिल्ने भविष्यवाणी गरेका छन।

मलर त्यहाँ निकै प्रतिष्ठित मानिन्छन, उनले विगतको जर्ज डब्लु बुश प्रशासनमा काम गर्दा कोमी उपन्यायाधिवक्ता थिए।
उनी त्यहाँको उतारचढावपूर्ण राजनीतिबारे जानकार रहेका छन्।

प्राविधिक रुपमा मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्न नियुक्त भएको भएपनि त्यसको अन्तिम नेतृत्व भनेको राष्ट्रपति ट्रम्प नै हुन्। तर जर्चर भन्छन, मलरको प्रतिष्ठा यस्तो छ कि यस्ता विषयले उनलाई आफ्नो ढंगले अनुसन्धान गर्न छेक्ने छैन।(अन्तराष्ट्रि सञ्चारमाध्यहरुबाट )