मतगणना कार्य जारीः कांग्रेस र एमालेबीच बराबरी जित
पहिलो पार्टीका लागि तिब्र प्रतिश्प्रधामा दुई दल
प्रकासित मिति : २०७४ जेष्ठ ४, बिहीबार
प्रकासित समय : ०६:५६
ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेस र एमालेबीच बराबरी जित छ। कांग्रेसले महानगरपालिकाको १, ६, ७ र ९ जितेको छ भने एमाले २, ३, ४ र ५ मा विजयी गरेको छ।
कांग्रेसबाट १ वडाध्यक्षमा निर्मल तण्डुकार, ६ मा हिटलर शाक्य, ७ मा कुलबहादुर महर्जन र ९ मा राजु महर्जन विजयी भएका छन्। एमालेबाट २ मा राजकिशोर महर्जन, ३ मा श्रीगोपाल महर्जन, ४ मा नारायण केसी र ५ मा विकासमान श्रेष्ठ विजयी भएका छन्।
महानगरको मेयरका लागि कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा छ। उनीहरुबीच को पहिलो पार्टी बन्ने भन्ने प्रतिश्प्रधा देखिएकाले सहजै अनुमान लगाउन मिल्ने देखिएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।