रोचक खबरः श्रीमान् अध्यक्ष, श्रीमती उपमेयर
प्रकासित मिति : २०७४ जेष्ठ ४, बिहीबार प्रकासित समय : ०६:४६
रुकुम । सिकोट नगरपालिकाको वडा नं। १० बाट निर्वाचित वडा अध्यक्ष गोपेश्वर केसी नेकपा माओवादी केन्द्र रुकुमका उध्याक्ष हुन् ।
उनी पार्टीभित्र निकै मेहनतिका रुपमा चिनिन्छन्, पार्टीको आन्तरिक तथा विस्तार जनपरिचालनमा निकै खटिने केसीलाई मेयरमाा टिकट दिनुपर्ने माग उनकै पार्टीभित्र दरो रुपमा उठेको थियो । तर पार्टीभित्रको आन्तरिक समस्याका कारण पुरना नेता माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य देवीलाल गौतमलाइ मेयरमा उम्मेदारी दिने निर्णय भयो ।
चुनाबमा मेयरको टिकट नपाएपछि सामान्य रुपमा असन्तुष्ट बनेका केसीकी श्रीमती प्रेमकुमारी सुनार केसीलाई उपयेरमा उठाउने निर्णय माओवादी केन्द्रले गर्यो । निकै मेहनती केसी दाम्पती पार्टिभित्रका ईमान्दार र पार्टीका लागि जुनसुकै बेला खट्न तयारी हुनेमा चिनिन्छन् । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।