निर्वाचनका कारण कक्षा ११ को परीक्षा हप्तादिन पछाडि सर्यो (कार्यतालिकासहित)
असार ८ देखि १८ गते सम्म: नयाँ कार्यतालिका प्रकाशित
प्रकासित मिति : २०७४ जेष्ठ ३, बुधबार
प्रकासित समय : १९:३५
काठमाडौं । कक्षा ११ को परीक्षाको कार्यतालिका हप्ता दिन पछाडि सरेको छ । असार १ गतेदेखि सुरु हुने भनिएको परीक्षा स्थानीय निकायको दोश्रो चरणको निर्वाचनका कारण सरेको हो ।
अब असार ८ देखि कक्षा ११ को परीक्षा संचालन हुने भएको छ । यसअघि असार १ देखि सञ्चालन हुने भनि सार्वजनिक गरिएको सूचनालाई परिमार्जन गर्दै राष्ट्रिय परीक्षा बोर्डले असार ८ गतेदेखि १८ गतेसम्म परीक्षा हुने जनाउँदै नयाँ कार्यतालिका प्रकाशन गरेको छ ।
शिक्षा सचिवको अध्यक्षतामा बसेको परीक्षा समितिको बैठकले परीक्षा सार्ने सम्बन्धी निर्णय गरेको हो । कक्षा ११ को परीक्षा सरेको यो दोस्रो पटक हो ।
परीक्षाको कार्यतालिका हेर्न यहाँ क्लिक गर्नुहोस्