दोश्रो चरणको स्थानीय निर्वाचन जेठ ३१ भन्दा पछि सार्न राजपाको प्रस्ताव

‘कांग्रेसको जवाफः चुनाव सार्न मिल्दैन’

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले स्थानीय तहको दोश्रो चरणको मिति सार्न प्रस्तावअघि सारेका छन । राजपाका नेताहरुले आज नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा राखिएको बैठकमा कांग्रेस नेताहरुसँच त्यस्तो प्रस्ताब गरेका हुन ।

राजपाका नेताहरुले भने–‘जेठ ३१ को दोस्रो चरणको चुनाव सार्नु पर्यो, हामीसँग सरकारले यसअघि गरेको सहमति अनुसार पहिलो संविधान संशोधनको काम पुरा गर्नुपर्यो । त्यसपछि निर्वाचनको मिति तय गरौं, निर्वाचनमा हामी पनि सहभागि हुन्छौ ।’

राजपाका नेताहरुले राखेको प्रस्तावमा कांग्रेसले भने ठाडै अस्विकार गरेको छ । कांग्रेसले जेठ ३१ को चुनाव सार्न नमिल्ने बताएका छन । काग्रैसले आफुहरुले संविधान संशोधनका लागि अग्रसरता दिने बताए ।

बैठकमा राजपा नेताहरुले संविधान संशोधनका लागि समय लाग्ने भएकाले चुनाव सार्नुपर्ने तर्क गरेका थिए ।

कांग्रेस नेताहरुले जेठ ३१ को चुनाव सार्दा प्रदेश र संघीय संसदको चुनावलाई समेत असर पुर्ने भन्दै त्यस्तो प्रस्ताव अस्वीकार गरेको बताएका छन ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने–‘संविधान संशोधनलाई पारित गर्ने सवालमा बैठकमा लामो छलफल भएको छ, संसदीय प्रकृयामा रहेको संविधान संशोधन प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाई संख्या नपुग्दा सरकारले मतदानमा लैजान मानेको छैन । हामीले गरेको सहमति बिर्सेका छैनौ ।’