डा. गोबिन्द केसी महाअभियोगको विरोधमाः प्रस्ताव फिर्ता लिन सरकारलाई ६ दिने अल्टिमेटम

माग पुरा नभए ९ गतेदेखि अनसन बस्ने चेतावनी

काठमाडौं । यसअघि भ्रष्टाचार र शिक्षण अस्पतालको सुधारको लागि विभिन्न खाले आन्दोलनको नेतृत्व गर्दै आएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसी सरकारको महाअधियोग प्रस्तावको विपक्षमा देखिएका छन ।

प्राध्यापक डा. केसीले स्वतन्त्र अदालतको प्रधानन्यायाधीश विरुद्ध सरकारले महाअभियोग लगाउनु आवश्यक नभएको भदन्दै उक्त प्रस्ताव फिर्ता लिनका लागि सरकारसँग आग्रह गरेका छन ।

डा. केसीले सरकारलाई ६ दिने अल्टिमेटम सहित प्रधान न्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिन आग्रह गरेका छन् । उनले आफ्ना दुई बुँदे माग पुरा नगरेमा पुन आमरण अनसनमा बस्ने चेतावनी समेत दिएका छन ।

उनले सरकारलाई अल्टिमेटम दिएको मितिसम्म पनि आफ्नो दुई बुँदे माग पूरा नगरेमा जेष्ठ ९ गतेबाट आमरण अनसन बस्ने जनाएका छन ।

अदालतले सरकारको काममा हस्तक्षेप गरेको भन्दै सत्तारुढ दलहरु कागंग्रेस र माओवादीका संसदहश्रले महाअभियोगको प्रस्ताव पाश अघि बढाएका थिए ।