पाँचखाल ५ मा माओवादीका सापकोटा विजयी

४ नम्बरमा कांग्रेस

काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको ५ नम्बर वडामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन ।

वडा नम्बर पाँचमा माओवादीका उम्मेदवार बालकृष्ण सापकोटाले ४२३ मत ल्याएर विजयी भएका हुन् ।  सापकोटाका निकटतम प्रतिद्धन्द्धी एमालेका सीताराम ढुङ्गानाले भने ४१८ मत ल्याएका थिए । उनीहरुबीच अध्यक्षका लागि कडा प्रतिश्प्रधा भएको थियो ।

त्यसैगरी वडा नम्बर ५ मा एमालेबाट महिला सदस्यमा चित्रकुमारी सापकोटा, दलित महिला सदस्यमा जमुना मिजार सार्की, पहिलो सदस्यमा टोकबहादुर सापकोटा र दोस्रो नम्बर सदस्यमा भोटु गिरी विजयी भएका छन् ।

त्यस्तै पाँचखाल नगरपालिकाकै ४ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार सुन्दर तामाङले ७१५ मत ल्याएर विजयी प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गणेश नेपालले ४७९ मत ल्याएका थिए ।

वडा नम्बर ४ मा महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट सञ्जिता दनुवार विजयी भएकी छिन् । त्यसैगरी, काँग्रेसबाट नै दलित महिला सदस्यमा जमुना विश्वकर्मा, पहिलो सदस्यमा कृष्णबहादुर राई र दोस्रो सदस्यमा निरबहादुर लामा विजयी भएका छन् ।