रोचक खबर, राजधानीमै बदर मतको सख्या ठूलोः के हुन सक्छन कारणहरु ?

१५ सय मतगणनामा ६ सयभन्दा बढी मत बदर

काठमाडौं । मतदाता शिक्षाको कमी र चुनावी तालमेलबारे दलहरूले आफ्ना कार्यकर्तालाई बुझाउन नसक्दा स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएका छन् । एउटै पदमा उठेका दुईभन्दा बढी उम्मेदवारलाई मत संकेत गरिएका, दुई लहरमा पूरै छाप लगाइएका, एउटै चुनावचिह्नमा धेरैपटक छाप लगाइएका थुप्रै मतपत्र भेटिएको मतगणनामा सहभागी अधिकारीहरू बताउँछन् ।

निर्वाचन आयोगले मतदाता शिक्षाबारे मतदातालाई जानकारी नगराउँदा र दलहरूले तालमेलबारे मतदातालाई सम्झाउन नसक्दा ठूलो संख्यामा मत बदर भएको जानकारहरू बताउँछन् । ‘मतदाता शिक्षा नपुगेको त हो नै, साथै दलहरूले चुनावी तालमेलबारे आफ्ना मतदातालाई सम्झाउन नसक्दा मत बदरको संख्या बढेको देखिन्छु, निर्वाचन आयुक्त नरेन्द्र दाहालले बताए।

काठमाडौं महानगरपालिकाका मंगलबार रातिसम्मको गणनामा २० वटा मत पूरै बदर भएको पाइएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार दुई दिनको करिब १५ सय मतगणनामा ६ सयभन्दा बढी मत कुनै न कुनै रूपमा बदर भएका छन् जसमा मेयर पदमा २ सय ६२, उपमेयर पदमा ३ सय २० र वडा नम्बर १ मा वडाध्यक्षमा ४० मत बदर भएका हुन् । ‘एक ठाउँमा संकेत गर्नुपर्नेमा मतदाताले दुई ठाउँमा मत संकेत गरेको भेटिएको छु, अधिकारीले भन्नुभयो ।

उम्मेदवार नउठेका पदमा पनि मतछाप लगाइएको मतपत्र गणनाका क्रममा भेटिएको छ । रोचक पक्ष त ग्रामीण क्षेत्रभन्दा राजधानीमै बदर मतको संख्या ठूलो छ । काठमाडौंका मेयरका प्रत्यासी संघीय समाजवादी फोरमका उम्मेदवार पवित्र बज्राचार्यले सबैभन्दा बढी एमाले र राप्रपाको मत बदर भएको जानकारी दिनुभयो । ‘सूर्य र गाई दुवैका उम्मेदवारलाई छाप लगाएको मत धेरै छु, उहाँले भन्नुभयो । यस्तै एमालेको सूर्यमा मत दिनेले विवेकशील पार्टीकी रञ्जु दर्शनाको स्टकोट तथा साझा पार्टीका किशोर थापाको क्यामेरामा पनि मतदान गरेका छन्, उहाँले भन्नुभयो, ‘केही मत एमाले र हाम्रो पार्टीको चुनावचिह्न मसाललाई एक साथ दिएकाले पनि बदर भएका छन् ।

ललितपुर महानगरपालिकामा भने काठमाडौंमा भएभन्दा फरक ढंगबाट मत बदर भएका छन् । वडा नम्बर ४ का एमालेबाट विजयी वडाध्यक्ष नारायण केसीका प्रतिनिधि पूर्णबहादुर कार्कीका अनुसार एमाले र राप्रपाबीच तालमेल भएकोमा लस्करै सूर्यलाई मत हालेर पनि गाईलाई समेत भोट हालेका कारण धेरै मत बदर भएको भेटिएको छ । ‘एकै ठाउँमा चुनावचिह्न भएको ठाउँमा आठ छाप छ जब कि एक मतदाताले ७ जना उम्मेदवारलाई ७ छाप मात्र लगाए पुग्छु, उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘वृद्धवृद्धाले धेरै मत बदर गरेको अनुमान सहजै लगाउन सकिन्छ । उनीहरूले एउटै चुनावचिह्नमा लगातार छाप हानेर चिनेजानेका उम्मेदवारलाई पनि जितून् भनी थप छाप लगाएका छन् ।ु ललितपुरमा माओवादी केन्द्रका उपमेयरकी उम्मेदवार हसिना शाक्यले धेरै मत बदर भएको बताउनुभयो ।

‘केही मतमा दुई लहरमा पूरै छाप लगाइएका मतपत्र भेटिएर बदर गर्नुपर्‍योु, शाक्यले भन्नुभयो, ‘महिला सदस्य र दलित महिला सदस्यमा छाप लगाउन पनि मतदाता झुक्किएका छन् । पार्टी र व्यक्ति छानेर भोट हाल्दा पनि बदर भएका छन् । ठूलो मतपत्र, दुई भागमा चुनावचिह्नका कारण मत संकेत तलमाथि र दायाँबायाँ गर्ने क्रममा अधिकांश मत बदर भएको मतगणनामा सहभागीहरू बताउँछन् । काठमाडौं, ललितपुरलगायत महानगरपालिकामा मतगणनामा ढिलाइ भएको भन्दै सर्वत्र आलोचना भएपछि आयोगले धेरैभन्दा धेरै टोली बनाएर गणना गर्न निर्देशन दिएको छ । आयोगको निर्देशनपछि काठमाडौं महानगरपालिकामा तीन ठाउँमा मतगणना सुरु भएको छ । ‘टोली थपेर गणना गर्नुबाहेक अरू विकल्प छैनु, निर्वाचन आयुक्त दाहालले भन्नुभयो, ‘हामीले धेरैभन्दा धेरै टोली बनाएर गणना गर्न सम्बन्धित क्षेत्रका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेका छौं । यो समाचार आजको अन्पूर्ण पोष्टमा प्रकाशित भएको छ ।