धादिङकी ८६ बर्षीया चन्द्रमायाँ जेष्ट वडा सदस्य

धादिङ । चन्द्रमायाँ विक उमेरले ८६ बर्ष पुगिन् । सधैं चुलोचौको र घरपरिवारकै साथमा रहने उनी अब वडासदस्य भएकी छिन् ।

स्थानीय तह चुनावमा चन्द्रमायाँ थाक्रे गाउँपालिका ५ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् । एमालेबाट निर्वाचित उनी सम्भवत देशकै जेठो वडासदस्य हुन् । यो समाचार आजको नागरिकमा प्रकशित छ ।