रुकुमको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा माओवादी विजयी

नेता, कार्यकर्ताहरुद्धारा विजयी उत्सव

काठमाडौं । रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका देविलाल गौतमले चार हजार तीन सय ४० मत प्राप्त गर्दै मेयरमा विजयी भएका छन् ।

गौतमका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मत ल्याएका छन् । कडा प्रतिश्प्रर्धाको बीचबाट गौतको जित भएपछि उनका पार्टी समर्थक स्थानीय नेता, कार्यकर्ताहरु उत्साहीत भएका छन । उनीहरुले विजयी उत्सव समेत मनाउने तयारी गरेको त्यहाँबाट स्थानीय पत्रकारले हरपल नेपवालसँग बताएका छन ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनारले कांग्रेसका बालकुमारी गिरीलाई पराजित गर्दै विजयी भएकी छन् । सुनारले ४५११ प्राप्त गरेकी छन् भने प्रतिद्वन्दी गिरीले ४१५४ मत ल्याएकी छन् ।

तेस्रो भएका एमालेका मेयरका उम्मेदवार विमल पुनको २३१५ र उपमेयरमा केशरी गौतमले २१५५ मत मात्र प्राप्त गरेकी छन् ।