दैलेखमा मत परिणाको विषयमा झडप: प्रशासनद्धारा निषेधाज्ञा जारी

मत गणना सकिएपछि मात्र निशेषाज्ञा हटाइने प्रशासनको भनाई

दैलेख । दैलेखमा स्थानीय प्रशासनले दलका नेता,कार्यकर्ताहरुबीच मत परिणामको विषयमा विवाद हुदा दोहोरो झडको आवस्था देखिएको भन्दै निषेधाज्ञा जारी गरेको छ ।

मतगणना नसकिने बेलासम्मका लागि त्यहाँ निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । रातको समयमा समेत निषेधाज्ञा रहेकाले अनावश्यक ननिस्कन प्रशासनले आग्रह समेत गरेको छ ।

नारायण नगरपालिका क्षेत्रमा बेलुकी सात बजेदेखि विहान पाँच बजेसम्म भीड जम्मा हुन, समूह बनाएर घर बाहिर हिँडडुल गर्न, नारा जुलुस गर्न तथा होहल्ला गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालयले त्यस्तो आदेश गरेको छ ।

अप्राशासनले जिल्लाका कृयासिल राजनीतिक दल, नागरिक समाज र स्थानीय बासिन्दाको सर सल्लाह अनुसार निषेधाज्ञा जारी गरिएको जनाएको छ ।